राष्ट्रिय न्युज -पश्चिम क्षेत्रको उत्कृस्ट अस्पताल मध्येको पाल्पा स्थित युनाइटेड मिसन अस्पताल कर्मचारी संगठनको निर्वाचनले बिष्णु प्रसाद भट्टराईलाई अध्यक्षमा चयन गरेको छ । २०८२-८४ दुई बर्षे कार्यकालको लागि उपाध्यक्षमा डा. अमृता पाण्डेय सचिवमा लक्ष्मण ज्ञवाली कोषाध्यक्षमा खुमबहादुर सारु चयन हुनुभएको छ । सदस्यहरुमा ईच्छा खाती ,कृपाराम बिक, डिलमाया गोतामे, ,अबिषेक सिंह खड्का र दिनेश खत्री साउन २७ गते बसेको पहिलो बैठकबाट पूर्णता दिइएको नबनिर्बाचित अध्यक्ष भट्टराईले राष्ट्रिय न्युजलाई बताउनु भयो ।
अध्यक्षमा निर्बाचित बिष्णु प्रसाद भट्टराई लामो समय देखि मिसन अस्पतालमा कार्यरत हुनुहुन्छ।भने कर्मचारीले झेल्नु परेको समस्या सेवाग्राहीहरुको गुनासालाई नजिकबाट नियाल्दै साथ सहयोग गर्दै आउनु भएको थियो। अब भट्टराई अध्यक्ष बनेपछि कर्मचारीका समस्या हकहित र गुनासाहरु बुलन्द आवाज सहित अस्पताल ब्यबस्थापन समितिमा पुर्याउने अपेक्षा गरिएको छ ।












