राष्ट्रिय न्युज-प्रेस चौतारी नेपाल तानसेन नगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले पवित्रा पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सिर्जना थापा क्षेत्री, सचिवमा सन्तोष पृथी कोषाध्यक्षमा सिर्जना बोहरा र सदस्यहरुमा संजिला कार्की, सुमित रेग्मी र एलिसा जिसी रहनुभएको छ ।
सो अवसरमा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज मिलन विश्वकर्मा, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटी सचिव कृष्ण पोखरेल, जिल्ला अध्यक्ष कृष्ण कार्की, निर्वतमान अध्यक्ष राजेन्द्र लिगल लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो । भने अधिवेशन तानसेन नगर कमिटी अध्यक्ष गुणवती केसीको अध्यक्षतामा सम्पन भएको थियो ।











