राष्ट्रिय न्युज- रुपन्देही कारागारमा रहेका रास्ट्रीय स्वतन्त्र पाटीका सभापति रबि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन। लामिछाने सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका छन ।
रास्वपा सभापति लामिछानेले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन । लामिछानेले सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने माग सहित निवेदन दर्ता गराएका हुन ।
लामिछानेको सचिवालयले १९ साउनमा अदालतमा निवेदन दिएको भएपनि यो विषय तीन दिनसम्म सार्वजनिक नगरी गुपचुप राखिएको थियो । लामिछानेले चैत २५गते देखि रुपन्देही कारागारमा छन् । उनले रुपन्देहीबाट काठमाडौं कारागार सर्न खोजे पनि गृह मन्त्रालयले रोकेको थियो ।












