राष्ट्रिय न्युज- लायन्स क्लब अफ श्रीनगरको आयोजनामा बुधबार वृक्षारोपण तथा गोड्मेल कार्यक्रम सम्पन्न भएको छ। तानसेन २ मेहल्धारामा रहेको सि बि आर भवन परिषरमा क्लबका पदाधिकारीहरुको सहभागितामा सुन्तलाको बोट लगायत अन्य फलफूलको बिरुवा रोप्नुको साथै गतसाल रोपिएको बिरुवाहरु गोड्मेल समेत गरिएको थियो।
कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक एड्भाइजर राजेन्द्र लिगलले केन्द्रको बाताबरण सम्बन्धि कार्यक्रमलाई मध्यनजर गरि कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई केन्द्रको तर्फबाट धन्यवाद दिनु भयो। एड्भाइजर लिगलले लायन्स क्लबको डिस्ट्रिक गभर्नर बालाराम भट्टराईको यसबर्षको नारा " खुशी मन सहयोगी हात " रहेको जानकारी गराउनुहुदै क्लबहरुले सोहि नारालाई मध्यनजर गरि कार्यक्रम आयोजना गर्न आग्रह गर्नु भयो। सिबि आर का ब्यबस्थापक कृष्ण गहतराजले सिबिआरमा गरिब तथा असहाय महिला बालबालिकाहरुलाई आश्रय दिदै आयको बताउनु हुदै भबिस्यमा उनीहरुलाई सहयोग पुग्ने खालको कार्यक्रम गर्न आग्रह गर्नु भयो। साथै लायन्स क्लबले आफ्नो कार्यालयमा आइ कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिनु भयो। कार्यक्रममा कार्यक्रम सम्योजक जित बहादुर केसिले स्वागत , सचीव सिबा कार्कीको सन्चालन र क्लबका अध्यक्ष राम लाल श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।













