राष्ट्रिय न्युज- पाल्पामा लगातार बर्षातका कारण बिभिन्न ठाँउमा गएको पहिरोको कारण सडकहरु अबरूद्ध भएका छन। पहिरो खसे संगै पाल्पा जिल्लाका मुख्य सडक एबम सहाक सडकहरु बन्द भएका हुन । सिद्धार्थ राजमार्गकाे पाल्पा बुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाँउपालिका वडा नम्बर ३ दोभान सिद्धबाबा क्षेत्र र गाैडेपुल क्षेत्रमा पहिराे खसेर हिजो बेलुका देखि नै सडक बन्द अर्थात अबरूद्ध रहेको छ । उता आर्यभाङ्ज्याङ्-रामपुर सडक खण्डकाे माथागढी गाँउपालिका वडा नम्बर १ चिदीपानी बुढिकाेट क्षेत्रमा खसेकाे पहिराेले साे सडक बिहानदेखि अबरूद्ध बनेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।
त्यस्तै जुठापौवा सालझण्डी सडक खण्डमा रैनादेवी छहरा गाँउपालिका वडा नम्बर ८ जुठापाैवामा खसेकाे पहिराेले त्यस क्षेत्रको सडक अबरूद्ध बनेकाे हाे । लगातार वर्षात भइरहेकाेले पहिराे हटाउन समस्या परिरहेको छ । सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा खसेकाे पहिराे हटाउन स्काभेटर र जेसिवीकाे व्यवस्था गरिएकाे भएपनि वर्षातले पहिराे हटाउन समस्या भएकाे सडक डिभिजन कार्यालय पाल्पाले जनाएकाे छ । सडक अबरूद्ध हुँदा सयाैँ सवारीसाधन बर्तुङ्, प्रभास, दाेभान, चर्चरे क्षेत्रमा राेकिएकाे ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रवीण आचार्यले जानकारी दिनुभयाे ।
हेर्नुहोस जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको सडक अवरुद्द भएका ठाँउहरु













