राष्ट्रिय न्युज-पाल्पाको रामपुरमा सिंचाई कुलोले बगाएर एक जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका वडा नम्बर ४ सुधार टोल क्यामुनाघारीका ७२ बर्षीय वृद्ध धन बहादुर थापाको मृत्यु भएको हो । रामपुर फाँट सिंचाई आयोजनाको कुलाेले बगाएर शुक्रबार दिउँसाे पौने दुई बजेतिर रामपुर–५, बेझाँडस्थित दुई नम्बरकाे नहरमा थापाको शव फेला परेको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । उनको शव घर देखि झण्डै साढे दुई किलोमिटर तल नहरमा फेला परेको थियो ।
मृतक थापाको परिवारले दिएको जानकारी अनुशार दिउँसो १२ बजेको समयमा उनी घर बाट निस्किएका थिए । एक्कासी नहरमा बग्दै आएको अवस्थामा देखेपछी स्थानीय बासीले प्रहरीलाई खबर गरेका थिए भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएकाे छ ।
(तस्बिर सांकेतिक गुगल)













