राष्ट्रिय न्युज- पाल्पाको तानसेनमा रहेको त्रिभुवन बहुमुखी क्यापसमा प्राविधिक विषयकाे पठनपाठन हुने भएकाे छ । सोही जानकारी गराउन शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा कम्प्युटर विज्ञान र सूचना प्रविधि (विएससी सिएस आइटी)काे पठनपाठन सुरुवात गर्न लागिएको क्याम्पस प्रमुख डा. टंकप्रसाद पन्थले जानकारी दिदै विज्ञान वा प्राविधिक विषय लिइ १०० पूर्णाङ्ककाे फिजिक्स र गणित विषय लिएर कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले याे विषय पढ्न पाउने बताउनुभयाे। साथै विएससी सिएस आइटीकाे गुणस्तरीय शिक्षा प्रदान गर्न लागि पर्ने बताउनु भयो ।
त्रिभुवन बहुमुखी क्यापस पाल्पाका स्वतन्त्र विद्यार्थी युनियनका सभापति मिलन घर्तीमगर, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष कमलराज तिमिल्सेना लगायतका पत्रकारहरुले सुझाव सहित जिज्ञासा राखेका थिए। कार्यक्रम क्याम्पस प्रमुख डा. पन्थकाे अध्यक्षता, सहायक क्याम्पस प्रमुख सन्ताेष खनालकाे संचालनमा सम्पन्न भएकाे थियो ।
पश्चिम नेपालकै जेठाे क्याम्पसको रुपमा चर्चित त्रिभुवन बहुमुखी क्यापस पाल्पामा गुल्मी, अर्खाखाची,स्याङ्जा लगायतका छिमेकी जिल्लाहरुबाट बिद्यार्थीहरु बिभिन्न बिषयमा अध्ययनको लागि आउने गर्दछन ।













