राष्ट्रिय न्युज, माथागढी गाँउपालिकाको खहरे बजारमा दुग्ध डेरी शुरु भएको छ । माडी कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले माथागढी वडा नम्बर २ को रुप्से दद्रामा दुग्ध संकलन गरी बाहिर पठाउदै आएकोमा आज देखि स्थानीय बजारमा दुध दही सहित दुग्धजन्य पदार्थको बिभिन्न परिकार तयार गरी बिक्री वितरण शुरु गरेको हो ।उक्त डेरी पसलको उद्घाटन गर्दै माथागढी गाँउपालिका अध्यक्ष यम चिदीले गाँउपालिकाले कृषि र पशुपालनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको र किसानलाई आत्मनिर्भर बनाउन प्रोत्सान स्वरुप अनुदानको ब्यबस्था गरेको बताउदै गत बर्ष दुग्ध सुधार कार्यक्रम शिर्षकमा बजेट छुटयाए पनि कुनै ब्याक्ति सस्थाको निबेदन नपरेको जानकारी गराउनु भयो।
सो अवसरमा जिल्ला सहकारी संघका अध्यक्ष भूपति पाण्डेय, माथागढी गाँउपालिका वडा नम्बर १ का अध्यक्ष राज कुमार पन्थी, वडा नम्बर २ का अध्यक्ष बोम बहादुर ठाडा, वडा नम्बर ३ का अध्यक्ष तेज घर्ती मगरले दुध डेरीको निरन्तरताको कामना गर्दै मन्तब्य राख्नु भएको थियो। माडी कृषि बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष शुष्मा भण्डारीले मन्तब्यबाट स्वागत, अध्यक्ष तुलसीराम भुषालको अध्यक्षता र सचिव कृष्ण भट्टराईको सन्चालनमा सम्पन्न भएको थियो ।














