राष्ट्रिय न्युज- आज साउन महिनाको दोस्रो सोमबारको अवसरमा भक्तजनहरु ठाँउ ठाँउबाट बोलबम यात्रा चलाएका छन ।प्रत्येक वर्ष साउन महिनाको सोमबार पबित्र नदि किनारमा पुगी भक्तजनले स्नान गरी शुद्ध वस्त्र धारण गर्छन् र त्यहीँबाट जल बोकी लगेर शिवको मन्दिरमा चढाउनुको साथै परम्परा अनुसार बोलबम यात्रा गर्ने गर्दछन ।
सुन्दरीजलबाट जल लिएर पशुपतिनाथ मन्दिरमा चढाउने चलन चल्ती अनुशार बिहानै देखि सुन्दरीजल र पशुपतिनाथ मन्दिर लगायतका देशभरका शिवको मन्दिरहरुमा भक्तजनहरुको बाक्लो भिड लाग्दछ तसर्थ पशुपति क्षेत्र विकास कोषले साउने सोमबारको विशेष भीडलाई मध्यनजर गर्दै आज बिहान तीन बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खुला राखेको छ । साउने सोमबार हिन्दु धर्मावलम्बीहरूका लागि विशेष महत्त्व राख्ने दिन मानिन्छ।
पाल्पा स्थित सिद्दबाबा मन्दिर, तानसेन शिवालय मन्दिर, राम्दी सुनगुफा मन्दिर, प्रबास शिवालय मन्दिर, मदनपोखराको कमलेश्वर महादेव मन्दिर, रुप्सेको सिद्देश्वर शिवालय मन्दिर, बराङ्दीको सिद्दबाबा मन्दिर र महामृत्युञ्जय शिवासन धाम लगायतका शिव मन्दिरहरुमा बिहानै देखि भक्तजनहरुको दर्शनका लागि भिड लागिरहेको छ ।













