राष्ट्रिय न्युज- लायन्स क्लब अफ पाल्पा माडीको पद हस्तान्तरण कार्यक्रम सम्पन भएको छ । माथागढी गाँउपालिकाको सराईमा शनिबार सम्पन कार्यक्रममा निबर्तमान अध्यक्ष माया सारुले नबनियुक्त अध्यक्ष राजकुमार पन्थीलाई घन्टी हस्तान्तरण गर्दै पद हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा माथागढी गाँउपालिका अध्यक्ष एबम लायन्स क्लब अफ पाल्पा माडीका संस्थापक अध्यक्ष यम चिदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता माया सारुले गर्नु भएको थियो स्वागत मन्तब्य भानुभक्त बस्यालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको संचालन सचिव राजु नेपालले गर्नु भएको थियो । सो अवसरमा बिशिस्ट अथिति लायन्स एमजेएफ भिम बहादुर श्रेष्ठ सहित बिभिन्न लाइन्स मेम्बरहरुको उपस्थिति रहेको थियो ।
लायन्स क्लब अफ पाल्पा माडीको अध्यक्षमा माथागढी गाँउपालिका वडा नम्बर १ का अध्यक्ष समेत रहनु भएका राजकुमार पन्थीको नेतृत्वमा २०२५ को लागि नयाँ कार्यसमिति चयन भएको हो ।














