राष्ट्रिय न्युज- तानसेन नगरपालिका वडा नम्बर ९ मदनपोखरा डाडाडुममा होम स्टे (घरबास) पयर्टन विकास सम्बन्धी आधारभूत तालिम कार्यक्रम शुरु भएको छ। शनिबार देखि शुरु भएको तालिम (असार ३१ गते) मंगलबार सम्म संचालन हुने छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारा गाँउ बिकास समिति काठमाडौंको आयोजनामा तालिमको आयोजना गरिएको वडा नम्बर ९ का अध्यक्ष राजेश कुमार अर्यालले जानकारी गराउदै ४ दिन सम्म चल्ने तालिमबाट सहभागीहरुले होमस्टे (घरबास) संचालनको लागि आधारभूत कुरा सिक्ने र व्यबहारमा सजिलै उतार्न सक्ने छन जसले गर्दा होम स्टे र पाहुना ब्यबस्थापन गर्न र संचालनमा सहज हुने अध्यक्ष अर्यालले बताउनु भयो ।
आन्तरिक पर्यटन बिस्तारको लागि होम स्टे सजिलो माध्यम बनिरहेको अवस्थामा पाल्पा जिल्लाका बिभिन्न स्थानमा होम स्टे संचालनको आकर्षण बढीरहेको छ । रम्भा गाँउपालिकाको रानीबास, पुर्वखोला गाँउपालिकाको ढोलीमारा निक्कै चर्चामा रहेका छन । पछिल्लो पटक माथागढी गाँउपालिकाको धैरेनी र ओलेसमा साथै तानसेन नगरपालिकाको डाडाडुममा शुरु गरिएको छ ।














