राष्ट्रिय न्युज - तानसेनमा स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ मा स्वास्थ्य कार्यालय पाल्पाबाट सम्पादित कार्यक्रमको सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको छ । सोही अवसरमा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य कार्यालय मार्फत विभिन्न रोगको स्किनिङ तथा अन्य सर्वेक्षणको तथ्याङ्कको सार्वजनिक समेत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अथिति एबम लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु मन्तब्य राख्दै स्वास्थ्य सबैको साझा दायित्व हो । तथ्यले देखाएका स्वास्थ्यका जोखिमपूर्ण सूचकहरूतर्फ बेलैमा सबै पक्षहरू गम्भीर भएर लाग्न जरुरीभएको बताउदै स्वास्थ्य क्षेत्र सुधार गर्न स्वास्थ्य मन्त्रालयले विशेष प्राथमिकता सहित बजेटको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो । साथै मन्त्री सारुले पाल्पामा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य भएको र आगामी दिनमा समेत थप प्रभावकारी बनाउदै निरन्तरता दिनु पर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य इन्दिरा गहतराज, जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष टंकनाथ खनाल, प्रदेश स्वास्थ्य सचिव दुर्गा लक्षमी श्रेष्ठ, त्यसैगरी पाल्पा स्थित बिभिन्न गाँउपालिकाका अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख एबम प्रतिनिधिहरु पत्रकार लगायतको उपस्थिति रहेको थियो ।













