राष्ट्रिय न्युज- पाल्पाको तानसेन स्थित त्रिभुवन बहुमुखी क्याम्पसले ७१ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि पाल्पा क्षेत्र नम्बर २ का साम्सद ठाकुर गैरेले त्रिभुवन बहुमुखी क्याम्पसमा धेरै विद्यार्थी भएनन् भन्ने चिन्ता गर्नुभन्दा भएका विद्यार्थीलाई राम्रो बनाउन सुझाब व्यक्त गर्नुभएको थियो । । बजारमा बिक्ने नयाँ विषय ल्याउने काममा अगाडि बढाैँ भन्ने आग्रह पनि उहाँले गर्नुभयो । नेपालमा भविष्य छैन भन्ने नेपाल विराेधी मनाेविज्ञानले हामीलाई कता लैजाँदै छ भन्ने प्रश्नका साथमा चिन्ता व्यक्त गर्नु भएको थियोे ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य ठाकुर गैरै, लुम्बिनी प्रदेश सभाअध्यक्ष तुलाराम घर्तीमगर, राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरे, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, नेपाली काँग्रेसका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्रका अध्यक्ष राजेन्द्र विक, राप्रपा अध्यक्ष डुल बहादुर कुँवर, नेकपा एकीकृत समाजवादीका सचिव जगन्नाथ नेपाल, राजमो अध्यक्ष विशाल दर्लामी, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले लगायतले शुभकामना दिनुभयाे । यस्तै प्राध्यापक संघका सभापति खिमबहादुर राना, कर्मचारी संघका अध्यक्ष डुकुल ढकाल, उद्योग वाणिज्य संघ पाल्पाका अध्यक्ष शैलेन्द्र भट्टराई,व्यापार संघ पाल्पाका अध्यक्ष विष्णु कार्की, र स्ववियु सभापति मिलन घर्तीमगर लगायतले ७१ औ वार्षिकोत्सव शुभकामना व्यक्त गर्दै कयाम्पसको इतिहास र बर्तमान अवस्थाको चर्चा गर्दै प्रगतिको कामना गर्नु भएको थियो
सभा कार्यक्रम सहायक क्याम्पस प्रमुख श्रीचन्द्र शाक्यको स्वागत र अर्का सहायक क्याम्पस प्रमुख चन्द्र बहादुर थापाकाे धन्यवाद ज्ञापन, सहायक क्याम्पस प्रमुख सन्तोष खनालकाे संचालन र क्याम्पस प्रमुख डा. पन्थकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे । यसैबीच क्याम्पसका पूर्व प्रशासक स्व. गणेश गुभाजुको स्मृतिमा उहाँका श्रीमती एवम् छोराछोरीबाट गणेश स्मृति छात्रवृत्तिका लागि रू. १ लाख ११ हजार १११ रूपैयाँको चेक हस्तान्तरण गरिएको छ । वार्षिकोत्सव कार्यक्रममा विभिन्न १६ जना दाताहरूद्वारा स्थापना गरिएका छात्रवृत्ति प्रदान समेत गरिएको थियोे । विभिन्न तह र वर्षमा उत्कृष्ट अङ्क प्राप्त गरेका जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति रकम प्रदान गरिएको थियो ।













