आज असार १५ गते दही चिउरा खाने दिन एबम रास्ट्रीय धान दिवसको मनाइने गर्दछ। पछिल्लो पटक धान दिवसको रुपमा असार १५ मा बिशेष गरि मनाउन थालिएको छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउने गर्दछन । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।
आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । यसै मेसोमा आज पाल्पाका बिभिन्न भागहरुमा असार १५ एबम रास्ट्रीय धान दिवसको अवसर पारेर खेत मै बिसेष कार्यक्रम गरि मनाउने तयारी गरेका छन ।
जेठ महिनाको अन्त्य देखि असार साउन महिनामा खेतमा किसानहरु रोपाइँ गर्दछन हले, जोताहा, ठेकारे, रोपाहार युवा युवती रोप्न तयार पारिएका खेतका गह्रामा हिलो छ्याप छ्याप रमाइलो गर्दछन । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ । यस वर्ष असार १५ हुदा पनि देशका सबै भागमा पर्याप्त मात्रामा पानी परेको छैन पाल्पामा पनि त्यसको असर परेको छ तसर्थ अहिलेसम्म हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन । समय मै रोपाई हुन नसक्दा किसानहरु चिन्तित छन ।













