रास्ट्रिय न्युज - नेपाल पत्रकार महासंघ, वैदेशिक शाखा कुवेतले आफ्नो १६औं स्थापना दिवसको अवसरमा “श्रमिक सचेतना कार्यक्रम २०२५” सम्पन्न गरेको छ। कार्यक्रममा श्रमिक अधिकार, अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यक्षेत्र, कुवेतको श्रम कानुन र प्रवासी नेपालीहरूको वर्तमान अवस्था विषयमा गहन छलफल गरिएको थियो। ILO संयोजक अमीश कार्कीले प्रस्तुत गरेको श्रमिक सचेतना सम्बन्धी प्रस्तुति विशेष आकर्षणको विषय बनेको थियो।कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष प्यानल छलफल थियो, जसमा प्रेमराज गौतम (प्रथम सचिव, नेपाली दूतावास कुवेत), अमीश कार्की( प्रतिनिधि ILO) र रणध्वज लामा ( अध्यक्ष एनआरएनए कुवेत) सहभागी हुनुहुन्थ्यो। छलफलको सञ्चालन पत्रकार दिपेन्द्र निरौलाले गर्नुभएको थियो।
त्यस्तै, “ स्वर्गीय माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार २०२५” यस वर्ष सुरेश गुरुङलाई प्रदान गरिएकोछ । शाखाका सल्लाहकार आनन्द आचार्यले सस्थाको गतिबिधिको बारेमा चर्चा गर्दै यस बर्षको उत्कृस्ट पत्रकार सुरेश गुरुङ छनोट भएको घोषणा गरे संगै प्रमुख अथिति राजदुत घनश्याम लम्सालले प्रशंसा पत्र तथा ७५ कुवेती दिनार नगद राशि सहित परस्कारले सम्मान गर्नु भएको थियो ।
नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्लको अध्यक्षता, राजदुत घनश्याम लम्सालको प्रमुख आथित्यतामा सम्पन्न औपचारिक कार्यक्रमको संचालन सचिव आकाश शेर्पाले गर्नु भएको थियो भने उपस्थित सबैको मन्तव्यबाट सल्लाहकार लोमस बास्तोलाले स्वागत गर्नु भएको थियो । सो कार्यक्रममा कुवेत स्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू, समाजसेवी, बुद्दिजीवी, पत्रकार श्रमिक समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।













