राष्ट्रिय न्युज ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले पूर्वखोला गाउँपालिका–१ गुनडाँडाका ६६ वर्षीय पूर्णबहादुर सार्कीलाई पक्राउ गरेको छ। सासू आमाको हत्या गरी फरार भएको २१ वर्षपछि पक्राउ परेका हुन ।
पुर्ण बहादुरले २०६१ असार १९ गते सोही ठाउँकी ५५ वर्षीया चिनिसरा सार्कीको हत्या गरी फरार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अदालतले पनि दोषी ठहर गरेका पूर्णबहादुर भारतमा लुकीछिपी बस्दै आएका थिए। पूर्णबहादुर नेपाल फर्कने भन्ने सूचना पाएसंगै परिचालित जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले उनलाई पहिचान गरी मिति २०८२/०३/१२ गते ०४ः०० बजेको समयमा बाँकेको नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १५ स्थित भन्सार अगाडि फेला पारी पक्राउ गरेका हुन ।
पुर्णबहादुर मुलुकी ऐन, २०२० को ज्यान सम्बन्धी महलको १ नं. बमोजिम कसूरमा पाल्पा जिल्ला अदालतबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ दफा १४ (१) बमोजिम दिन ०५ म्याद लिई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट थप अनुसन्धानको कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताउनुभएको छ।













