बासुदेव ढकाल–पाल्पाको रामपुर नगरपालिकाको नगर सभाको १७ औं अधिवेशनमा पत्रकार सहित विभिन्न ब्याक्तिहरुलाई नगद सहित सम्मान गरेको छ। पाल्पाबाट सक्रिय पत्रकारिता गरिरहेका पत्रकारहरु सीता डोटेल, दुर्गेश मल्ल र रमा अर्याल भण्डारीलाई सम्मान गरेको हो । सो अवसरमा ११ जनालाई नगरपालिकाले विभिन्न विधामा सम्मान गरेको हो । सो अवसरमा कर्मचारीहरु रामपुर नगरपालिका १ र २ का सचिव तारानाथ पोखरेल, स्वास्थ्यकर्मी रिता खण्डलुक, सर्मिला भण्डारी, सवारी चालक दान बहादुर राना,अपाङ्गता विष्णु पंगेनी, उत्कृष्ट करदाता वर्ड लिङ्क रामपुर शाखा प्रमुख मधुसुदन पंगेनी, टोल विकास संस्थाबाट संगम टोल विकास संस्था रामपुर ४, क्लबमा ज्योतिपुञ्ज युवा क्लव र अध्यक्ष सुदिप गौतमलाई सम्मान गरेको थियो ।
पत्रकार, उत्कृष्ट कर्मचारी, उत्कृष्ट करदाता, संघसंस्था, टोल विकास संस्था तथा उदाहरणीय कार्य गर्न सफल व्यक्तित्वहरुलाई सम्मान गरेको हो । सम्मानित ब्याक्तीहरुलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमण थापा, उपप्रमुख बालकुमारी थापाले नगद १० हजार रुपैयाँ सहित दोसल्ला, सम्मान पत्र र मायाँको चिनो प्रदान गरि सम्मान गर्नुभएको थियो।














