बिकाश काफ्ले
अन एयर मिडियाद्वारा सन्चालित भाषण कला तालिमको २०औं वार्षिकोत्सव तथा राष्ट्रिय सम्मान २०८२ भब्य रुपमा सम्पन्न भएको छ । अनएयर मिडियाद्वारा सञ्चालित भाषण कला तालिम सुरु भएको २०औं वार्षिकोत्सव एवम राष्ट्रिय सम्मान २०८२ भव्य रूपमा सम्पन्न भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात सभाहलमा आयोजित कार्यक्रममा देशका विभिन्न क्षेत्रका ३० जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान तथा २ जना उच्चपदस्थ अतिथिहरूलाई अभिनन्दन गरिएको हो।
कार्यक्रममा सम्माननीय पूर्व मन्त्रिपरिषद्का अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। विशेष अतिथिको रूपमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रुपा थापाको उपस्थिति रहेको थियो। त्यसैगरी अतिथिहरूको रूपमा लुम्बिनी प्रदेश प्रमुखका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउत, बरिष्ठ समाजसेवी बाबु कृष्ण खत्री, समाजसेवी तथा उद्योगी प्रेम दाहाल, समाजसेवी नगेन्द्र न्यौपाने, समुन्नत महिला मञ्चकी अध्यक्ष समा खत्री, उपन्यासकार राधा भण्डारी, चर्चित गायिका मधु रसाईली, ललितपुर महानगरपालिका–२४ का वडाध्यक्ष दिनेश जङ्ग पाण्डे, घरेलु महासंघकी उपाध्यक्ष सरिता भट्टराई श्रेष्ठलगायत देशभरिका सामाजिक, साहित्यिक, राजनीतिक, र सांस्कृतिक क्षेत्रमा योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सन्चालन सुमि लिम्बुले गर्नु भएको थियो। समारोहम विभिन्न विधामा योगदान पुर्याएका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो।
सम्मानित हुनेहरुमा बाबुकृष्ण खत्री – समाजसेवी डा. रामबहादुर राउत – समाजसेवी बिजया अधिकारी – मोडल प्रेम श्रेष्ठ – समाजसेवी अनिल कुसवाह – सञ्चारकर्मी प्रेम दाहाल – समाजसेवी मिलन राई – समाजसेवी तीर्थ तामाङ – समाजसेवी प्रदीप पाण्डे – शिक्षासेवी राहुल बन्जाडे – समाजसेवी आङ्ग नुरु शेर्पा – समाजसेवी नगेंद्र न्यौपाने – समाजसेवी अमृत नेपाल – युवा व्यवसायी गिनिजबुक वोर्ल्ड रेकर्ड राख्न सफल राजेन्द्र लुइटेल टेकराज पाण्डे – मेकअप आर्टिस्ट रामकृष्ण श्रेष्ठ – इभेन्ट अर्गनाइजर सुनिला जोशी – समाजसेवी प्रेम लामिछाने मगर
( गायक तथा सन्चारकर्मी
निर्मला पाण्डे – समाजसेवी दिनेश जङ्ग पाण्डे – राजनीतिज्ञ तथा समाजसेवी शारदा सुनुवार राई – महिला उद्यमी अञ्जना श्रेष्ठ – महिला उद्यमी रबिन डगोल – समाजसेवी श्याम महर्जन – समाजसेवी पूर्ण महर्जन – समाजसेवी सुदर्शन आचार्य (सन्चार कर्मी केशब शर्मा दाहाल ( सन्चार कर्मी लगायत अन्य सम्मानित व्यक्तिहरू पनि समारोहमा उपस्थित हुनु भएको थियो ।
यसै समारोहमा रास्ट्रलाई विशेष योगदान दिनु भयका दुई बिशिस्ट ब्यक्तिहरुलाई अभिनन्दन कार्यक्रम पनि राखिएको थियो।यस अभिनन्दन कार्यक्रममा अन एयर मिडियाका अध्यक्ष भागिरथ पोखरेल र व्यवस्थापक आशा दाहालको विशेष संयोजनमा सम्माननीय पूर्वप्रधानन्यायाधीश तथा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र नेपाल प्रहरीका महानिरीक्षक दीपक थापालाई विशेष अभिनन्दन गरिएको थियो।
यस भव्य समारोहमा देशभरबाट करिब १५० ब्याक्तित्वहरुको सहभागिता रहेको थियो। कार्यक्रममा साङ्गीतिक प्रस्तुति, अभिव्यक्ति कला प्रदर्शन, तथा सम्मानले सभाहललाई उत्सवमय बनाएको थियो। कार्यक्रमका सभापति भागिरथ पोखरेलले भाषण कला, व्यक्तित्व विकास तथा सञ्चार दक्षता अभिवृद्धिमा समर्पित अन एयर मिडियाले विगत २० वर्षदेखि हजारौं युवाहरूलाई प्रशिक्षण दिँदै आएको बताउनु भयो। अध्यक्ष भागिरथ पोखरेलले कार्यक्रममा संस्थाले आगामी दिनहरूमा अझ व्यापक प्रभाव पार्ने गरी देशव्यापी तालिमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाउदै सबैलाई धन्यवाद दिदै सभा बिसर्जन गर्नु भएको थियो।













