लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री सुमन शर्मा रायमाझीले दुई वर्षदेखि घर भाडा नबुझाएको भन्दै उनका घरभेटी हेमलाल आचार्यले न्यायको अपिल गरेका छन् ।
बर्दिया स्थायी घर भएकी रायमाझीले दाङको राप्ती गाउँपालिका वडा नं. १ स्थित हेमलाल आचार्यको घरमा ०७९ माघ ४ गतेदेखि बसेकोमा हालसम्म एक पटक ८० हजार दिएर त्यसयता केही नदिएको भन्दै आचार्यले निवेदन दिएका हुन ।
आचार्यले मासिक १० हजार दिने गरी भाडाको सहमति भएर आफ्नो घरमा फ्याट लिए पनि धेरै पटक अनुरोध गर्दा पनि बाकी पैसा नदिएकाले निवेदन सार्वजनिक गर्नुपरेको र यो विषय प्रदेश सभा र सरकारलाई समेत जानकारी गराएको बताएका छन् ।
सांसदहरूले आफ्नो नियमित पारिश्रमिकबाहेक हरेक महिना १७ हजार रकम सरकारबाट घर भाडा लिदै आएका छन् । रायमाझीले पनि प्रदेश सभाबाट त्यो रकम नियमित लिँदै आएकी छन् तर उता रकम बुझेर घरभेटीलाई नबुझाएको आचार्यको निवेदनबाट खुलेको छ ।













