मिलन काफ्ले, रम्भा गाउपालिकाले चालू आर्थिक बर्षकाे लक्षित बर्ग अन्तर्गतका कार्यक्रमहरू सम्पन्न गरेकाे छ। युवा लक्षित कार्यक्रम अन्तर्गत ४ पाङ्ग्रे सवारी चालक तालिम, माध्यामिक बिद्यालयमा ट्राफिक सचेतना कार्यक्रम , भलिबल सेट ,फुटवल सेट र क्रिकेट खेल सामाग्री बितरण तथा उत्कृष्ट खेलाडी सम्मान कार्यक्रम सम्पन्न गरिएकाे रम्भा गाँउपालिकाका प्रबक्ता कृष्ण बहादुर रायमाझीले बताउनु भयाे। प्रबक्ता रायमाझीका अनुसार महिला लक्षित कार्यक्रम अन्तर्गत वडा नम्बर १ मा हरपिक, फिनाईल जस्ता सरसफाई सामाग्री बनाउने तालिम, वडा नम्बर २ मा ढाका बुनाई तालिम तथा वडा नम्बर ४ मा श्रृङ्गार सामान बनाउने तालिम संचालनमा रहेकाे छ।
त्यस्तै दलित कार्यक्रम अन्तर्गत ४०० जनाकाे लागि सचेतना कार्यक्रम ,जनजाति कार्यक्रम अन्तर्गत जनजाति जनप्रतिनिधि तथा जनजाति अगुवाहरूकाे क्षमता बिकास कार्यक्रम,र अपाङ्गहरूकाे लागि बांसकाे मुढा बनाउने तालिम सम्पन्न भयकाे छ। लक्षित कार्यक्रमहरू, महिला संयाेजक कुविजा बश्याल, युवा संयाेजक बिजय रानाभाट, दलित संयाेजक जगत गन्धर्व ,जनजाति संयाेजक श्रिमान मश्रांगी तथा अपाङ्ग संयाेजक चन्द्रकान्त अर्यालको समन्वय तथा संयाेजकत्वमा सम्पन्न भएकाे हाे।
रम्भा गाँउ पालिकाका प्रमुख प्रशासकिय अधिकृत वीर बहादुर पुनको अनुसार सबै लक्षित कार्यक्रमहरू लक्षित बर्गकाे प्रत्यक्ष क्षमता बिकास तथा सीप बिकासमा केन्द्रीत रहेका छन ।जसकाे लागि गाँउ पालिकाबाट युवा बर्गकाे लागि रू ८ लाख,महिलाकाे लागि रू५ लाख,जनजातिकाे लागि रू१ लाख ८० हजार,दलितकाे लागि रू १ लाख २० हजार तथा अपाङ्गकाे लागि रू ३ लाख रकम बिनियाेजन गरिएकाे थियाे। तालिम बाट आफुले राेजेकाे बिषयमा सीप सिक्न पाउँदा खुसी लागेकाे सहभागीहरु बताउछन साथै सिकेकाे सिपलाई ब्यबहारमा उतार्ने समेत प्रतिबद्धता ब्यक्त गरेका छन ।














