पाल्पा जिल्लाको रिब्दीकोट गाँउपालिकाको आयोजनामा, "क्षयरोग कार्यक्रमको अर्धवार्षिक समिक्षा तथा कोहर्ट विश्लेषण कार्यक्रम" आइतबार सम्पन भएको छ । कार्यक्रममा आफ्नो उद्घाटन मन्तब्य राख्दै प्रमुख अथिति एबम गाँउपालिका अध्यक्ष नारायण कार्कीले अहिलेको परिवेशमा क्षयरोग विकसित मुलुकहरुमा अत्यन्तै सामान्य हुँदै गैरहेको र नेपालमा यो रोग छिटफुट रुपमा देखा परिरहेकोले स्वास्थ्यकर्मिहरुले आ-आफ्नो क्षेत्रमा जनचेतना प्रवाह गरि क्षयरोगलाई निर्मुल पार्नका लागि पहल गर्नु पर्ने बताउनु भयो ।
रिब्दीकोट गाउँपालिकाको कार्यालय खस्यौलीमा आयोजना गरिएको कार्यक्रम गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको प्रमुख आथित्यता, गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनालको अध्यक्षता र स्वास्थ्य शाखाकी कमला लाम्टाङेको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी लगायतको उपस्थिति रहेको थियो । बिषयसँग सम्बन्धित स्वास्थ्यकर्मी लगायत सम्बन्धित सरोकारवाला पक्षहरुको उपस्थिति रहेको थियो ।













