राष्ट्रिय न्युज- माथागढी गाँउपालिकाको आयोजनामा महिलाहरुको लागि १ महिने एडभान्स कटाई सिलाई सिप बिकास तालिम वडा नम्बर ६ गोठादीमा समापन भएको छ । आइतबार आयोजित समापन कार्यक्रममा प्रमुख अथिति एबम गाँउपालिकाकी उपाध्यक्ष बिष्णुमाया लुंङ्गचे र वडा नम्बर ६ का अध्यक्ष यूव बहादुर ठाडाले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो । भने कार्यक्रम संचालन पुनम चिदीले गर्नु भएको थियो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाँउपालिकाकी उपाध्यक्ष बिष्णु माया लुंचेले महिला दिदीबहिनीहरुको लागि गाँउपालिकाले बिभिन्न प्रकारको तालिमको ब्यबस्था र आयोजना गरेको छ। त्यसै अन्तर्गत कटाई सिलाई तालिम पनि परेको छ, तसर्थ तालिम लिएर तेत्तिकै नबस्नु होला भन्दै तालिममा सिकेको कुरा ब्यबहारमा उतार्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नु भयो। तब मात्रै महिलाहरु आत्मनिर्भर बन्न सक्ने उँहाको भनाई थियो ।
वडा नम्बर ५ र ६ लाई लक्षित गरि गत जेठ १ गतेबाट ३१ गतेसम्म तालिम संचालन गरिएको थियो । माथागढी गाँउपालिका वडा नम्बर ५ हात्तिलुंगबाट ५ जना र वडा नम्बर ६ गोठादीबाट ६ जना गरि जम्मा ११ जना महिला दिदीबहिनीहरुले तालिममा भाग लिएका थिए । वडा नम्बर ६ गोठादी जगात स्थित वडा कार्यालयको सभाहलमा तालिमको ब्यबस्था गरिएको थियो ।
गत बर्ष ३ महिने कटाई सिलाई तालिम लिएका महिला दिदीबहिनीहरुको स्तर उन्नतीको लागि गाँउपालिकाले एडभान्स तालिमको ब्यबस्था मिलाएको प्रशिक्षक बसन्ती चिदीले जानकारी गराउनु भयो । साथै तालिममा सहभागी महिला दिदीबहिनीहरुलाई मगर ड्रेसको फरिया, चौबन्दी चोलो, सिंगापुरे सेटको चोली लुसट, सिंगापुरे सेटको मिद्डी, ओपन सट, पाइन्ट ड्रेस र अम्रेला गाउन गरि ७ किसिमका पहिरन ड्रेस तयार गर्न तालिममा सिकाईएको प्रशिक्षक् चिदीले बताउनु भयो। तालिम प्रश्चात सबै प्रशिक्षार्थीहरु सिकाईएका पोशाक/ड्रेस आफैले तयार गर्न सक्ने भएका छन उहाँले भन्नु भयो ।
उता गाँउपालिकाले एडभान्स तालिमको ब्यबस्था मिलाई दिएकोमा निक्कै खुशी छम, अब आत्मनिर्भर बन्न ब्यबसायी तरिकाले अघि बढ्ने सोच आफुले बनाएको र छिट्टै नै आफुले यस कामको थालनी गर्ने तयारी गरेको तालिममा सहभागी इन्दिरा देंगाले बताउनु भयो । गत बर्ष ३ महिने तालिम लिगेको हुनाले कटाई सिलाईलाई निरन्तरता दिन नै आफु दैनिक ३ घण्टा हिडेर एडभान्स तालिममा सहभागी भएको वडा नम्बर ५ हात्तिलुंग दमारकी सरिता रेस्मीले रास्ट्रीय न्युज सँगको कुराकानीमा बताउनु भयो। आउन् जान कति समस्या छ, गाडी जादैन तर पनि मनबाट सिक्छु गर्छु भन्ने आट लिएपछी हिम्मत त्यसै आउदो रहेछ उँहाले थप्नु भयो ।













