नेपाली सेना भूतपूर्व सैनिक संघ पाल्पाले रेडक्रसको रक्तसंचार (ब्लड बैंक) स्थापनाको लागि आर्थिक सहयोग गरेको छ । रेडक्रस पाल्पाको रक्तसंचार अभियानमा सहयोग गर्न संघले ५१ हजार १ सय ५१ रुपैंया बराबरको चेक नेपाली सेना भुतपूर्व संघ पाल्पाका सभापति देवबहादुर भाट क्षेत्रीले नेपाल रेडक्रस सोसाईटी पाल्पाका सभापति बाबुराम कार्कीलाई एक कार्यक्रमको बीचमा हस्तान्तरण गर्नुभयो । रेडक्रसका अध्यक्ष बाबुराम कार्कीले संघले गरेको सहयोगले रेडक्रसले स्थापना गर्न लागेको ब्लड बैंक बनाउन सहयोग पुग्ने भन्दै संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउछौं भन्ने महाअभियानलाई सफल बनाउनको लागि सहयोग गरेकोमा संघलाइ धन्यवाद समेत दिनुभयो। संघले रगत अभावमा कोही पनि विरामी अकालमा मृत्यूवरण गर्न नपरोस भन्ने उद्देश्यले बल्डबैंक स्थापनाको लागि आर्थिक सहयोग गरेको नेपाली सेना राष्ट्रिय भूतपूर्व सैनिक संघ पाल्पाका सभापति देवबहादुर भाट क्षेत्रीले बताउनुभयो । कार्यक्रम संघ पाल्पाका सभापति देवबहादुर भाट क्षेत्रीको अध्यक्षता र संघका सदस्य तारा बहादुर भाटको संचालनमा भएको थियो । कार्यक्रममा रेडक्रस र भूपू सैनिक संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।













