पूर्व युवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित जुम्ला पुगेकी छन् । हिमानी ट्रस्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि पूर्व युवराज्ञी शाह जुम्ला पुगेकी हुन् । जुम्ला विमानस्थलमा उनलाई स्थानीयवासीले भब्य स्वागत गरेका थिए । हिमानीको स्वागतमा पुगेका राप्रपा सांसद ज्ञानेन्द्र शाहीले दिएको जानकारी अनुशार हिमानी ट्रस्टले सामाजिक सेवाअन्तर्गत सुत्केरी सेवा केन्द्र र सिंचाई पोखरी बनाउन लागेको हो ।
उक्त क्षेत्रमा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ बनाउने दिशातर्फ सार्थक र भावनात्मक योगदानका रूपमा लिइएको छ भने सिंचाई पोखरीले कृषिलाई क्षेत्रमा राहत पुग्ने बताईएको छ ।












