पाल्पा जिल्ला अन्तर्गत बिद्यालयका शिक्षकहरुको लागि पाठ्यक्रम कार्यान्वयन सम्बन्धि अभिमुखिकरण तालिम आयोजना गरिएको छ । नयाँ पाठ्यक्रम कार्यान्वयनको लागि जिल्लाका विभिन्न पालिकाका शिक्षकहरुलाई अभिमुखिकरण गरिएको र अभिमुखीकरणबाट विद्यालयमा प्रभावकारी शिक्षण सिकाईमा सहयोग पुग्ने लक्ष्य लिएर तालिमको आयोजना गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाको आयोजनामा जिल्लाका विभिन्न पालिकाका अन्तर्गतका बिद्यालय शिक्षकहरुलाई पालिका स्तरीय अभिमुखीकरण तालिमको मेसो मिलाईएको हो ।
यसै गरि तालिम रामपुरको दरैठाटी माविमा २१ र २२ गते नेपाली, गणित र सामाजिक विषयको रामपुर नगरपालिकाका शिक्षकहरुलाई, निस्दी र पूर्वखोलाका नेपाली विषयका शिक्षकलाई पूर्वखोलामा, माथागढी बगनासकाली र रिब्दीकोटका सामाजिक विषयका शिक्षकलाई तानसेनमा २४ गते र तानसेन नगरपालिका, रैनादेवी छहराको नेपाली विषयको २५ गते तानसेनमा र रिब्दीकोट, तिनाउ र रम्भाको विज्ञान प्रविधि र गणित विषय समेत तानसेनमै विषय अनुसारको अभिमुखीकरण हुनेछ । अभिमुखीकरण कार्यक्रमको सहजिकरण शाखा अधिकृत बसन्तराज भट्ट, रोष्टर प्रशिक्षक सीता अधिकारी, अर्जुन मरासनी लगायतले सहजिकरण गर्नुभएको छ ।












