२२ जेठ, पाल्पा ।
बगनासकाली गाउँपालिकाको आयोजनामा अन्तर मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । समृद्धिका लागि वन परियोजनाको समन्वयमा भएको कार्यक्रममा शिक्षक महासंघ बगनासकालीले सहजीकरण गरेको थियो ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख नारायण तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा गाउपालिका भित्रका १० वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूले सहभागिता रहेको थियो ।प्रतियोगितामा गुँगा मा.वि प्रथम, सिता मा.वि द्वितीय र वेद माविको समुहले तृतीय स्थान हासिल गरेका छन।
विजेता समुहलाई मेडल, प्रमाण पत्र र यातायात खर्च प्रदान गरिएको समृद्धिका लागि वन परियोजनाका वन प्राविधिक युवराज दर्लामीले जानकारी दिनुभयो ।
समृद्धिका लागि वन परियोजनाबाट विश्व वातावरण दिवसको सन्दर्भ पारेर कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका वन प्राविधिक युवराज दर्लामीले बताउनुभयो ।












