काठमाडौं । पुर्व प्रधानमन्त्री एबम नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भ्रष्टाचार मुद्धा दायर भएकोछ।
पतन्जलीको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै पुर्व प्रधानमन्त्री नेपालको सांसद पद निलम्बन भएको छ । पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालविरुद्ध आज मुद्दा दर्ता भएसँगै सांसद पद स्वतः निलम्बनमा परेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान छ ।












