पोखरा- पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा महानायक राजेश हमाल छमछमी नाचेका छन् । महानायक हमाललाई छैटौँ भ्वाइस अफ नेपालका विजेता प्रशेष पाण्डेले साथ दिएका थिए । पाण्डेको गीतमा महानायक हमालसँगै हमालसँगै कोटिहोमका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजजी र भक्तजन पनि नाचेका थिए । कोटीहोममा महानायक राजेश हमालको सहभागिताले आफूहरु निकै उत्साहित भएको महाराजजीले बताए ।उनले गण्डकीको कोटीहोम निकै सफल भएको दावी गर्दै अन्य प्रदेशमा पनि कोटीहोम गर्ने बताए ।
कोटीहोममा भागवत मञ्जरी राधिका दासीको प्रवचन सुन्न आज पनि भक्तजन ओइरिएका छन् । आज सोमबार पटकपटकको वर्षा तथा सार्वजनिक यातायात बन्द हुँदासमेत दुई लाख ५० हजार भन्दा बढी भक्तजन कोटीहोममा सहभागी भएको आयोजकले दावी गरेको छ ।
कोटीहोममा हालसम्म २० लाख बढी भक्तजन सहभागी भएको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । महानायक राजेश हमालको सहभागिताका साथै राधिका दासीको प्रवचन सुन्न टाढाटाढाबाट भक्तजनको आगमन भएको बताए ।












