कार्यक्रम सञ्चालक एबम गायक दीप काफ्ले यति खेर पोखरमा जारी गण्डकी कोटिहोममा कार्यक्रम सञ्चालन गरिराखेका छन्।गायक एबम सञ्चालक काफ्ले जब मञ्चमा आएर राधे राधे भन्दै कार्यक्रम सञ्चालन गर्न तम्सिछन् अनि भक्तजन उनैसँगै स्वरमा स्वर मिलाएर राधे राधे भन्दै साथ दिन्छन ।
गायक काफ्ले अभिनयमा समेत जम्दै गएका छन् । एक पछि अर्को गर्दै अभिनयमा जमेका काफ्लेको यति वेला आँखा जुध्यो सैयौ चोटी गीतको भिडियो युटुवमा आएको छ । उनीद्धारा अभिनीत आँखा जुध्यो सैयौ चोटी डिटिएम मिडिया युटुवमा आएको हो । उक्त गीतमा दीप काफ्लेलाई प्रिन्सिका श्रेष्ठले साथ दिएकी छन् । गायक सञ्जय देवकोटा र गायिका समीक्षा अधिकारीको आवाज रवीन्द्र लामिछानेको शब्द सङ्गीत र अर्जुन कँडेलको निर्देशन रहेको गीत यति वेला निकै चर्चित रहेको छ ।
‘तपाईँहरूको माया साथले नै म स्थानमा आएको छु’ दीप काफ्ले भन्छन्, ‘मेरा हरेक गीत र अभिनयलाई यहाँले देखाएको माया प्रति आभार व्यक्त गर्दै यो म्युजिक भिडियो पनि हेरेर प्रतिक्रिया दिनुहोला।’ उनले एक दर्जन भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । अभिनयसँगै गायकीमा पनि उनी अव्बलनै मानिन्छन् ।
कोटिहोममा खालि समय भयो कि उनी भक्तजनलाई भुलाउनका लागि भजन गाउन थालिहाल्छन् । उनले गाएका भजनले पनि भक्तजन प्रभावित हुने गरेका छन् । उनले गायनसँगै कोटिहोममा छम छम नाचेर भक्तजनको मन जितेका छन् ।













