राष्ट्रिय न्युज ।यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् । आन्दोलनको कार्यक्रम फिर्ता लिएसँगै बेलुकादेखि नै गाडी चल्ने व्यवसायीले बताएका छन।
गण्डकी सरकारले एक महिनाका लागि राइड शेयरिङसम्बन्धी नियमावली स्थगन गरेको खबर औपचारिकरूपमा पाए संगै अहिलेलाई आन्दोलन फिर्ता लिएको बताउदै अहिले त फाटफुट रूपमा गाडी चल्ला तर भोलि बिहानदेखि गाडीहरू निर्वाधरूपमा चल्ने यातायात व्यवसायी महासंघका महासचिव भरत नेपालले जानकारी गराएका छ्न।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपको बारेमा ल्याएको नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गर्दै आएका थिए ।मंगलबार साँझ गण्डकी सरकारले उक्त नियमावली एक महिनाका लागि स्थगित गरेपछि भने यातायात व्यवसायीले पनि आफ्नो प्रदर्शन फिर्ता लिने निर्णय गरेका हुन् ।












