पाल्पा -पाल्पा जिल्लाको रम्भा गाउँपालिका वडा नम्बर ३ पिपलडाडाको रिमिघा लेकमा यार्सागुम्बा जस्ताे देखिने जडीबुटी फेला परेकाे छ । शुक्रबार झाडी सरसफाइ गर्ने क्रममा स्थानीयले यार्सागुम्बा जस्तो जडिबुटी फेला पारेका हुन। उक्त जडिबुटी यार्सागुम्बा भएको भन्दै रिमिघा लेकमा मानिसकाे भीड लागिरहेको छ । तर यार्सागुम्बा हाे कि हाेइन भन्ने चेकजाँच गर्नुपर्ने डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराइले जानकारी दिदै उक्त ठाउँमा वनका कर्मचारी खटाएर फेला परेकाे जडीबुटी जाँचका लागि काठमाडाै पठाइने बताउनुभयाे । त्यस स्थानमा फेला परेकाे यार्सागुम्बा नै भए, एक नयाँ रहस्य हुने वनका कर्मचारी बताउँछन् । यार्सा हिमाली जिल्ला, त्याे पनि हिउँ लागेकाे स्थानमा मात्र पाइने बहुमुल्य वनस्पति हाे । यसकाे बजारमा मूल्य अत्यधिक रहेकाे छ ।
स्थानीय बासिन्दा एवम रम्भा गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत भक्तुजंग रानाले यार्सागुम्बाकाे आकारमा जडीबुटी फेला परेपछि स्थानीय आश्चार्यचकित भएकाे बताउनुभयाे । रिमिघा डाडा पाल्पाको पर्यटकिय क्षेत्रको रुपमा गनिन्छ।












