राष्ट्रिय न्युज।माथागढी गाउँपालिका भित्रका विभिन्न विद्यालयमा गठन भएका स्काउट विद्यार्थीका लागि "प्रथम मित्रता क्याम्प-२०८२" माउन्ट भ्याली बोडिङ स्कुलको प्राङ्गणमा शुरू भएकाे छ । स्थानीय स्काउट माथागढीको आयोजनामा बिहीबार देखि शुरु भएको क्याम्पकाे उद्घाटन माथागढी स्काउटका संरक्षक एबम गाउँपालिकाका अध्यक्ष यम चिदीले उद्घाटन गर्नुभयो ।
आफ्नो उद्घाटन मन्तव्य राख्दै क्याम्पमा सहभागी विद्यार्थीहरूले समुदायप्रति निर्वाह गर्ने जिम्मेवारी, असल नागरिक प्रतिकाे जिम्मेवारी सिक्न सहज हुने र विद्यार्थीलाई अनुशासनमा बाध्ने विस्वास गर्नुभयाे । सो अवसरमा पालिकाकी प्रमुख स्काउट एबम गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चे, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरे, वडा नम्बर ३ का अध्यक्ष तेजबहादुर घर्तीमगर लगायतले स्काउट क्पाम्प संचालनले विद्यार्थीहरुलाई थप अनुशासन र सहयोगी भावको बनाउने बताउदै मित्रता कार्यक्रमको पुर्ण सफलताकाे शुभकामना दिनु भएको थियो। बिहीबार देखि शुरु भएको मित्रता क्याम्पमा माथागढीका १८ वटा विद्यालयका झण्डै २०० विद्यार्थी सहभागिता छन् ।
उद्घाटन कार्यक्रम माथागढी स्काउटका आयुक्त शोभा भट्टराईकाे अध्यक्षता, माथागढी शिक्षा शाखाका प्रमुख प्रकाश पाठककाे संचालनमा भएकाे हाे । भने उपस्थित सबैको मन्तव्यबाट खेम बहादुर ठाडाले स्वागत गर्नु भएको थियो। प्रमुख अथिती यम चिदी लगायतका अथितिहरुले दिप प्रज्वलन गरि उद्घाटन र राष्ट्रिय एबम स्काउट झन्डा उत्तोलन गर्नु भएको थियो। भने आजको बिचार माधव घिमिरे र स्काउट प्राथना सोभिता रानाले गराउनु भएको थियो।
तीन दिन सम्म क्याम्पिङ सहित चल्ने तालिममा विद्यार्थीहरुलाई सत्य नारायण शाही र रोजिना शाहीले प्रशिक्षण दिने शिक्षा शाखा प्रमुख प्रकाश पाठकले जानकारी गराउनु भएकोछ।












