पाल्पा।
पाल्पाको तानसेनका महिलालाई व्यावसायिक बनाउन ढाकाको कपडा बुनाइसम्बन्धी एक महिने तालिम सुरु
भएको छ।
तानसेन नगरपालिकाको सहयोग र पाल्पाली ढाका संघ पाल्पाको समन्वयमा हिजो देखी नगरपालिकाको आर्थिक वर्ष ०८१।०८२ को वार्षिक स्विकृत कार्यक्रममार्फत महिलालाई ढाकाको कपडा बुन्ने तालिम सुरु गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका कार्यबाहक नगरप्रमुख प्रतीक्षा गाहा सिंजालीले महिला दिदिबहिनीहरुले सीप सिकेर जिबिकोपर्जन गर्न सकिने बताउनुभयो । उहाँले दिदिबहिनीहरुलाई लक्ष्यित गरेर नगरपालिकाले सीपमुलक कार्यक्रम ल्याएको बताउदै सीपलाई ब्यबहारमा ल्याएर आयआर्जन गर्न सके थप सहयोग हुने बताउनुभयो । महिला दक्ष बन्नुपर्ने बताउँदै उहाले दक्ष भए अरुको भरपर्न नपर्ने बताउनुभयो। उहाले भन्नुभयो, ‘महिलालाई आत्मनिर्भर बनाउन उहाँहरुकै रुचि र मागअनुसारका तालिम सञ्चालन गरेका छौ।’
कार्यक्रममा तानसेन ६ का वार्ड अध्यक्ष सागरमान महर्जनले पाल्पामा ढाकाको माग धेरै भएकाले उत्पादनले बजार राम्रो पाउने बताउदै उहाँले छनोट भइ आएका महिला दिदी बहिनीहरुले सिकेका कुरालाई ब्यबहारमा उतार्नु पर्ने बताउनुभयो ।
कार्यक्रम पाल्पाली ढाका संघका अध्यक्ष पूर्णमाया महर्जनले तालिमका नाममा तालिम दिने मात्र नभई प्रयोगमा ल्याउँदै आर्थिक पाटोमा जोडिन आग्रह गर्नुभयो ।
तालिमका क्रममा ढाकाको धागोमार्फत टोपी, सल, पछ्यौरा, हाते झोला र खादाजस्ता सामग्री उत्पादन गर्न सिकाइनेछ महिला तथा बालबालीका शाखा प्रमुख चिना न्यौपाने जानकारी दिनुभयो ।
पाल्पाली ढाका संघका तीन बटा कारखानामा तालिम हुने छ । तालिममा २० जनाले तालिम लिने पाल्पाली ढाका संघका ब्यबस्थापक अनुषेश रायमाझीले जानकारी दिनुभयो ।












