बासुदेव ढकाल
रामपुर-२०५५ सालमा रामपुर ५ डुम्रीगाउमा दैनिक ५० पैसा वचत संकलनबाट स्थापना गरिएको अन्धकार मुक्ति वचत तथा ऋण सहकारी संस्था लि. रामपुर पाल्पाले संस्थामा आवद्ध शेयर सदस्यहरुलाई व्यवसाय प्रवर्द्धन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
सहकारीमा अवद्ध रहेका १०० जना युवा व्यबसायीलाई लक्ष्यित गर्दै व्यवसायमा युवाको उत्साह साथै प्रवर्द्धन गर्ने उदेश्यले चितवनको सौराहामा आयोजित कार्यक्रममा सफल ब्यवसायि भाटभटेनी सुपरमार्केटका एमडी तथा कार्यक्रमका प्रमुख अतिथि मिन बहादुर गुरुङ्गले समुदघाटन गर्नुभएको कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य तथा युवा ब्यबसायि सन्दिप सापकोटा, जमला कृषी फर्म वनेपाको संचालक कमला लामा लगायतले आफ्नो अनुभव र व्यवसायका लागि संभावना विषयमा केन्द्रत रहदै छ्लफल तथा अन्तरकृया गर्नुभएको थियो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय वि. पि. चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले देशको समृद्धिको लागि युवा र उत्पादनको महत्वको बारेमा चर्चा साथै सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार एबं रामपुर उद्योग वाणिज्यसंघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले स्थानीय श्रोत र साधनको अधिक्तम प्रयोग गरी रामपुरको पहिचान सहितको बस्तु उत्पादन गर्न संघले उपयुक्त वातावरण तयारी गरी सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा सहकारी सस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले सहकारी सस्थाले वचत तथा ऋणको कारोबार गरेर मात्र बस्न नहुने भएकोले संस्थामा अवद्ध युवा शेयर सदस्यलाई व्यवसायमा उत्प्रेरित गर्न यस्ता कार्यक्रम संचालन गर्न लागेको बताउदै केही गर्छु भन्ने युवालाई लगानीको खाँचो नभएको साथै केही गर्छु भन्ने अठोट लिएर सहकारीमा आउनुहोस लगानि गर्न आर्थिक समस्यामा सहकारीले सहयोग गर्ने बताउनुभयो ।
संस्थामा हाल ११ हजार शेयर सदस्य रहेको साथै अर्बको आर्थिक कारोवार केन्द्रिय कार्यालय रामपुर सहित गल्धा ढुङ्गगानाबेसी ,जब्गादी ,बेझाँड गेझामा शाखा कार्यालयबाट सेवा प्रवाह गर्दै सस्थाले जनाएको छ।
कार्यक्रम सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षता, मिन बहादुर गुरुङको प्रमुख आतिथ्यता, उपाध्यक्ष खगेन्द्र न्यौपानेको स्वागत मन्तव्य , सचिव ओम प्रकाश बस्यालको संचालनमा सम्पन्न भएको कार्यक्रमको सहजीकरण कार्यक्रममा बाह्रखरी डट कमका सम्पादक प्रतीक प्रद्यानले पनि सहजिकरण गर्नु भएको थियो ।











