माथागढी गाँउपालिकामा जारी अन्तरपालिका माथागढी कप फुटबल प्रतियोगिताको तेस्रो दिनको खेल माथागढी गाउँपालिका र तिनाउ गाउँपालिका बिच सम्पन्न भएको छ।
आईतबार वडा नम्बर ३ को सराई मैदानमा भएको खेलमा माथागढी गाउँपालिकाले ५ गोल गर्दै बिजय हासिल गरेकोछ। भने जवाफमा तिनाउ गाउँपालिका १ गोल मात्रै फर्काएकोछ। माथागढी गाउँपालिका खेलाडी सचिन थापा म्यान अफ दी म्याच भएको वडा नम्बर ३ का अध्यक्ष एबम खेल सम्योजक तेज घर्ती मगरले जानकारी दिनु भएको छ ।
शुक्रबारदेखि माथागढीस्थित सराइ खेल मदानमा भएको फुटबलमा ६ टिमको सहभागिता रहेको छ माथागढी कपको उपाधि विजेताले १ लाख नगदसहित ट्रफी र प्रमाढपत्र पाउनेछ । यस्तै दोस्रो र तेस्रो हुनेले ७५ हजार, ५० हजार नगरसहित पुरस्कार पाउने छन ।











