राष्ट्रिय न्युज ।
माथागढी गाँउपालिका वडा नम्बर २ रुप्सेमा रहेको कर्णधार माविले आफ्नो स्थापनाको ७०औ वार्षिकोत्सव मनाएकोछ । शुक्रबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमको प्रमुख अथिति माथागढी गाँउपालिका अध्यक्ष यम चिदीले बिद्यालयको थप स्तरउन्नत गर्न पालिकाको सहयोग रहने बताउदै गुणस्तरिय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई सुझाव दिनु भयो ।
कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष बोम बहादुर ठाडा, नेकपा एमाले जिल्ला कमिटी सदस्य तारा बहादुर सारु, नेपाली कांग्रेस रुप्सेका सभापति रामचन्द्र नेपाल, समाजसेवी डिल्लीराज काफ्ले लगायतका अथितिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । बिद्यालयका प्रधानअध्यापक राजन अधिकारीले बार्षिक प्रतिबेदन सार्वजनिक गर्दै यस बर्ष नयाँ २५ जना विद्यार्थी थपिएको जानकारी गराउनु भएको थियो । कक्षा ८ को परिक्षामा सार्वजनिक बिद्यालयहरुमा माथागढी भित्रमा प्रथम स्थान हासिल गर्ने बिद्यार्थी सान्ता सारुलाई प्रमुख अथिति चिदीले सम्मान गर्नु भएको थियो । रामचन्द्र नेपाल र तारा बहादुर सारु गरिब तथा जेहेन्दार बिधार्थीको लागि भन्दै अक्षयकोष स्थापना लागि रकम घोषणा गर्नु भएको थियो बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष यानसिंह थापाको अध्यक्षता र शिक्षक् समिर कोईरालाको संचालनमा सम्पन्न भएको थियो ।












