राष्ट्रिय न्युज ।
माथागढी गाँउपालिका वडा नम्बर ८ बहादुरपुरको माथिल्लो बेतेनीमा मोटरबाटो पहिलो पटक छिचलिएको छ । बहादुरपुरको बाघमारादेखि गत बर्ष देखि खन्न शुरु गरिएको बाघमारा – बेतेनी बाटो यस आर्थिक बर्षमा गाँउपालिकाको सहयोगसंगै ७४० मिटर खने संगै पुर्वखोलाको साथीकोल सजिलै यातायात संचालन हुनेछ ।
बेतेनीमा बाटो पुगे पछि शनिबार स्थानीयबासीले एक कार्यक्रम आयोजना गरि गाँउपालिका अध्यक्ष यम चिदीबाट उद्घाटन गराएका छन । करिब १०/१२ दिन अघि देखि बेतेनीको बाटोमा साना गाडी चल्न शुरु भए पनि औपचारिक रुपमा शनिबार मात्रै उद्घाटन गरिएको हो ।
पालिकाले जनताको मुहारमा खुशी ल्याउन सधै तत्पर रहेको बताउदै ढुंगे पथ्थरमा बाटो छिचलन र खन्न सकिदैन भन्ने आवाज उठ्दा पनि स्थानीयबासी उपभोक्ता समितिले धैर्यता पुर्वक काममा सहयोग गरेकोले बाघमारा-बेतिन-साठीकोल बाटोले सार्थकता पाएको बताउनु भयो । साथै आगामी दिनमा बाटोको स्तरउन्नतको लागि पालिकाले थप सहयोग गर्ने जानकारी गराउनु भयो । अहिलेको समयमा पनि बाटोबाट बन्चित हुनुपर्यो आवाजजावत र आपतकालीन अवस्थमा समेत बेतेनबाीसीले समस्या भोग्नुपरेकाले नै बाटो निर्माणलाई प्राथमिकतामा राखेको पालिकाका प्रबक्ता एबम भौतिक पूर्वाधार समितिका संयोजक शंकर दर्लामीले बताउनु भयो ।
यो आर्थिक बर्षमा गाँउपालिकाको १० लाख बजेट र स्थानीयबासी १ लाख १२ हजार बराबरको श्रमदानमा अधुरो बाटो पुरा गरिएको उपभोक्ता समितिका अध्यक्ष नारायण सिंह ठाडाले बताउनु भयो बजारबाट सामान ल्याउन उत्पादित समान बिक्रि गर्न जान डोको बोकेर जानु पर्ने अन्त्य भएकोमा वडा, पालिकालाई धन्यबाद दिदै स्थानीयबासी लाल बहादुर सारुले खुशी व्यक्त गर्नु भएको छ । प्रमुख अथिति एबम पालिका अध्यक्ष यम चिदिले रिवन काटेर उद्घाटन गरेको कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष नारायण सिंह ठाडाको अध्यक्षतामा राजेश नेपालीको संचालनमा सम्पन भएको छ । माथिल्लो बेतेनीमा धन्नै १५ घर धुरी परिवार बसोबास गर्दै आएका छन ।
पहिलो पटक बेतिनमा गाडी पुर्याउने जिपका ड्राइभरलाई खुशी हुदै स्थानीयबासीले पैसाको माला लगाएर सम्मान गरेका थिए ।
गत बर्ष माथागढी गाउँपालिकाबाट विनियोजि वजेट १० लाखबाट ९५० मिटर, प्रदेश पुर्वाधारको १० लाखबाट ५०० मिटर बाटो खनिएको र यस आर्थिक बर्षमा माथागढी गाउँपालिकाबाट १० लाख र स्थानीयको लागत सहभागिताबाट १ लाख १२ हजारको लागतमा माथिल्लो बेतेनीमा मोटरबाटो पुगेको हो। बाघमारा बेतेनी करिब २२०० मिटर जोडिएको छ। आफुहरु बाटो सर्बे गर्न जादा भिर पाखा भएकोले निकै कठिनाई पुर्वक सर्बे गरेका थियौ अहिले भिर र चट्टान छिचल्लिएर् बाटोमा गाडी चल्न थालेको छ। यो भन्दा खुशी के हुन् सक्छर पालिकाका इन्जिनियर धर्मेन्द्र यादवले भन्नु भयो । यस क्षेत्रमा बसोबास निक्कै समस्या झेलेका थियौ ।उत्पादित भट्टमास, अदुवा, तरकारी कुखुरा बजारसम्म बिक्री वितरण गर्न जान पनि पैदल यात्रा गरेर सास्ती झेल्नु परेको थियो। दैनिक उपभोग गर्ने नुन तेल चामलका लागि बजार गएर डोकोमा बोकेर फर्किनु पर्थ्यो, घरै बनाउन समान पनि गाँउले मिलेर बोक्नु पर्थ्यो अहिले सपना जस्तो लागेको छ घरको छेउबाट गाडी ओहोरदोहोर गर्दा स्थानीयबासी खुशी हुदै बताउछन ।












