राष्ट्रिय न्युज ।
माथागढी गाउँपालिको आयोजनामा माथागढी कप फुटबल प्रतियाेगिता सराई मैदानमा सुरू भएकाे छ । अन्तरपालिका फुटबल प्रतियोगिताको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले शुक्रबार उदघाटन गर्नुभयो । मन्त्री सारुले खेलाडीलाई हौसला बढाउनका लागि यस्ता प्रतियोगिता हुनुपर्नेमा जोड दिदै तल्लो तहबाट खेलाडी तयार भएर माथिल्लो तहसम्म मात्र होइन विदेशमा समेत चर्चित हुने गरेको उदाहरण धेरै भएको बताउनुभयो ।
कार्यक्रममा माथागढी गाउँपालिका अध्यक्ष यम चिदीले पहाडी जिल्लाको विभिन्न खेल मैदानमध्ये सराईको खेल मैदानलाई माथागढीको मात्र नभई पाल्पा जिल्लाको खेल मैदानको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो ।
प्रतियोगितामा पाल्पाका तानसेन र रामपुर नगरपालिका, तिनाउ, माथागढी, बगनासकाली गाउँपालिकाले प्रतियोगितामा भाग लिएका छन् । माथागढी गाउँपालिकालाई खेलकुदको क्षेत्रमा अगाडि बढाउन र खेलाडीलाई प्रोत्साहन गर्न माथागढी कप फुटबल प्रतियोगिता गरेको वडा नम्बर ३ का अध्यक्ष एबम खेल संयोजक तेज घर्तीमगरले बताउनु भयो । ।
उद्घाटन खेल तिनाउ गाउँपालिका र बगनासकाली गाउँपालिकाबीच भएको छ । जसमा तिनाउ गाउँ पालिकाका अस्मित शर्माले एक्लैले ५ गोल गरेका थिए भने बगनासकाली गाउँ पालिकाले १ गोल मात्रै फर्काएकोछ। प्रतियोगिता को म्यान अफ द म्याच अस्मित शर्मा भएका छ्न।बैशाख ३१ गते सम्म चल्ने प्रतियोगितामा पहिलो हुनेले १ लाख र उपबिजेताले ७५ हजार र तेस्रो हुनेले ५० हजार नदसहित शिल्ड, प्रमाणपत्र र मेडल पाउनेछन् ।












