माथागढी।
माथागढी गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा तथा गाउँपालिका घोषणा सुनिश्चितता तथा पूर्ण खोप सुनिश्चितता दिगोपना वडा तथा गाउँपालिका घोषणा समारोह कार्यक्रम शुक्रबार एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अथिति एबम लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले आफ्नो उद्घाटन मन्तब्य राख्दै स्वास्थ्य सम्बन्धी अभियान सफल बनाउन लागि पर्ने पालिका वडा स्वास्थ्य कर्मी महिला स्वयम्सेवक धन्यबाद दिदै अबको नीति तथा कार्यक्रममा स्वास्थ्यका सबै कुरालाई समेट्ने बताउदै प्रदेश सरकारको ढुकुटीमा आर्थिक अभाव रहेको बताउनु भयो । स्वास्थ्यको लागि गत बर्ष करिब ३९ अरबको बजेट छुत्याईएकोमा यस पटक करिब ३२ अरबले स्वास्थ्य क्षेत्रको कामहरु गर्नु पर्ने अवस्था रहेको जानकारी गराउदै केन्द्र सरकारसंग समन्वय गरेर अघि बढ्ने मंत्री सारुले बताउनु भएको छ ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष टंकनाथ खनाल, सदस्य सचिव तथा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेल पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा तथा गाउँपालिका घोषणा सुनिश्चितता तथा पूर्ण खोप सुनिश्चितता दिगोपना वडा तथा गाउँपालिका घोषणा कार्यक्रमलाई निरन्तरता दिएकोमा धन्यबाद दिनु भएको थियो । माथागढ़ीका वडाहरुमा अफ्ठ्यारा बस्तीहरु भएर पनि पूर्ण सस्थागत प्रसुती सेवा दिनमा कुनै कसर नराखेकोमा पालिका वडा स्वास्थ्य कर्मी स्वास्थ्य स्वयम् सेविकाहरुको तारिफ गर्नु भएको थियो। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुको प्रमुख आथित्यतामा गाउँपालिका अध्यक्ष यम बहादुर चिदीको अध्यक्षता र पालिकाका स्वास्थ्य शाखा प्रमुख केशब जिसीको संचालनमा सम्पन कार्यक्रममा उपस्थित सबैलाई पालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले स्वागत गर्नु भएको थियो ।
सोही अवसरमा पालिकाको स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका खेल्ने वडाका स्वास्थ्य शाखा प्रमुखहरु महिला स्वयम् सेविकाहरुलाई सम्मान गरिएको थियो भने आठै वडाका अध्यक्ष्, कार्यपालिका सदस्य लगायतका जनप्रतिनिधिहरु, पालिकाका भित्रका बिभिन्न शाखाका प्रमुख लगयात स्वास्थ्य कर्मीहरु लगायत उपस्थिति रहेको थियो ।












