राष्ट्रिय न्युज ।
पाल्पाको तिनाउ गाउँपालिका –३, सिद्धबाबा नजिकै टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको सियारी गाउँपालिका –२, का २६ वर्षीय प्रभाकर यादव रहनुभएको छ ।
बिहीबार बेलुकी साढे ६ बजेतिर बुटवलबाट तानसेनतर्फ आउदै गरेको लु १ क २५१७ नम्बरको टिप्पर दुर्घटना हुँदा टिप्पर चालक यादव गम्भीर घाइते हुनुभएको थियो । घाइते यादवलाई उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
सडकमा गुड्दै गरेको अवस्थामा टिप्परको टायर पन्चर हुँदा टिप्पर सडकदेखि ६५ मिटर तल तिनाउ नदीमा खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











