राष्ट्रिय न्युज ।
सरकारले ल्याएको निति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै नेकपा एमालेका सांसद ठाकुर गैरेले विपक्षी दलका नेताहरूले सरकारले गरेको राम्रो कामलाई पनि राम्रो भन्न नसकेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, विपक्षी दलका नेताहरूले उडायो सबै सपना हुरीले भन्ने प्रवृत्तिबाट प्रभावित भएको पाएँ, कि कुनै सम्भावना छैन, सबै अँध्यारोमात्रै भयो । कतै काम लाग्ने, आशा गर्ने ठाउँ छैन । दोस्रो, म सरकारमा नभएपछि, म नेतृत्वमा नभएपछि यो सबै कुरा के आवश्यक छ भन्ने ढङ्गले ‘भत्काइदिन्छु बाख्राको खोर’ पनि भन्ने गीतबाट प्रभावित भएर त्यसअनुसारको प्रवृत्ति देखेका छौँ । कहीँ पनि निर्माणको कुरा नगर्ने भत्काउने मात्रै ।











