राष्ट्रिय न्युज ।
पाल्पा तेल्घा-रुपन्देही सम्पर्क समाजले मृगौला पिडित दामोदर न्यौपानेलाई आर्थिक सहयोग गरेको छ । तानसेन नगरपालिका वडा नम्बर १० निबासी न्यौपाने केही महिना देखि मृगौला रोगले ग्रसित थिए । उनको दुवै मृगौलाले सामान्य अवस्थामा पनि काम गर्न छोडेपछि काठमाडौं स्थित टिचिङ अस्पतालमा उपचार भैइरहेको थियो।

अहिले भने उनकी श्रीमती जानकी न्याैपानेले आफ्नो एक मृगौला दिएर श्रीमानलाई जिवनदान दिएकी छिन । न्यौपानेको घरको आर्थिक अवस्था कम्जोर भएको र उपचारका लागि थोरै भएपनि सहयोग पुगोस भन्ने हेतुले पाल्पा तेल्घा–रुपन्देही सम्पर्क सामाजले आर्थिक संकलन गरि रु. ७२९१० (बहत्तर हजार नौ सय दश रुपैया ) रकम सहयोग गरिएको पाल्पा तेल्घा-रुपन्देही सम्पर्क समाजका कोषाध्यक्ष डोल बहादुर रिजालले राष्ट्रिय न्युजलाई जानकारी दिएका छन् ।
मृगाैला पिडित दामोदर न्यौपानेले जीवनदान दिने जीवन संगीनी, उपचारमा संघलग्न डाक्टर, साथ सहयोग दिने सबैलाई आभार ब्यक्त गरेका छन् ।

मृगौला पिडित दामोदर न्यौपानेलाई सहयोग गर्न चाहाने ब्याक्तिहरुको लागि सिधै उनको खातामा राख्न सकिनेछ। खातावालाको नाम :-
दामोदर न्यौपाने ( DAMODAR NEUPANE) खाता नः- 20907010007030 Global ime bank,












