राष्ट्रिय न्युज ।
नेपालगन्ज, बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा डुबेर एक १३ वर्षीय बालकको शुक्रबार दिउँसो मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बैजापुर बाँकेले दिएको जानकारी अनुशार साथीसँग दिउँसो करिब १२ बजे राप्ती नदीमा नुहाउ गएका राप्ती सोनारी गाउँपालिका–३ बैंसा निवासी यज्ञबहादुर विकको कान्छो छोरा १३ वर्षको सफर विकको पौडी खेल्दा डुबेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बैजापुरका प्रहरी प्रमुख बलबहादुर घर्ति मगरले खबर पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगि स्थानीयबासीको सहयोगमा खोजतलास गर्दा दिउँसो १ बजे शव फेला परेको बताउनुभयो । बालकको शवलाई पोस्टमार्टमका लागि नेपालगन्ज स्थित भेरी अस्पतालमा पठाइएको जनाउँदै पोस्टमार्टम पछि आफन्तको जिम्मा लगाउने प्रहरी जनाएको छ ।












