राष्ट्रिय न्युज ।
पाल्पाको रम्भा गाउँपालिका– ३ राम्दी स्थित कालिगण्डकी नदिको खोचमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । बगनासकाली गाउँपालिका– ६ दर्पुककी ३४ वर्षीया गंगा माझी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनु भएकोछ ।
दर्पुक माइती घर भएकी माझी बगनासकाली गाउँपालिका वडा नम्बर ५ स्थित मान बहादुर दर्लामीको घरमा डेरामा बस्दै आएकी थिईन । माझीलाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबरका थिए । खबर लगत्तै प्रहरी चौकी राम्दी र जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा पठाईएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













