राष्ट्रिय न्युज ।
पाल्पा– नेपाल नेत्रज्योति संघ पाल्पाको २४ औ साधारणसभा तानसेनमा सम्पन्न भएको छ। सभामा प्रमुख अतिथि नेपाल नेत्रज्योति संघ लुम्बिनी प्रदेशका उप. सभापति सेर बहादुर थापाले निजि क्षेत्रबाट संचालित आँखा अस्पतालमा नेपाल सरकारको सहयोग न्युन रहेको बताउदै प्रमुख अतिथि थापाले संघमा चुनावको बेला आजिबन सदस्य लिनको लागि पार्टी कार्यकर्ताको भिड लाग्ने चुनाब पछि निष्क्रिय देखिने हुनाले सदस्य बितरण गर्दा बिचार पुराउन आग्रह गर्नु भयो।
बर्तमान समयमामा आँखा जाच गर्ने डाक्टरको अभाव रहेकोे पाल्पा, गुल्मी र अर्घाखाँची जिल्ला मिलेर समस्या समाधान गर्न लागि परेको बताउदै लुम्बिनी प्रदेशको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका सभापति बाबुराम कार्कि, कालीगण्डकी आँखा उपचार केन्द्र तथा सर्जिकल सेन्टरका सदस्य भोजेन्द्र प्रकाश ढकाल, केश लक्ष्मी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो।
साधारणसभामा संघका भुतपुर्व सचिब स्वर्गीय लोक प्रसाद ढकालको स्मृतिमा उहाँको श्रीमती शारदा ढकालले कोठा निर्माणका लागि रु तिन लाख पाँच रुपैया प्रदान गर्नु भएकोमा प्रमुख अतिथिबाट सम्मानित गरिएको थियो। त्यस्तै गरि आमन्त्रित सदस्य केस लक्ष्मी श्रेष्ठले आफ्नो स्वर्गीय आमा बुबाको स्मृतिमा रु ३० हजार र भवन निर्माणको लागि प्रेम बुढाले रु २५ हजार सभापति बुद्धि प्रसाद शर्मालाई हस्तान्तरण गर्नु भएको थियो । सो असरमा प्रमुखअतिथि थापालाई सभापति बुद्धि प्रसाद शर्माले ढाकाको टोपी र पाल्पाली करुवा मायाको चिनो प्रदान गर्नु भएको थियो। सभामा सचिब राजेन्द्र लिगलले बार्षिक प्रतिबेदन, र कोषाध्यक्ष बेदराम सिरिशले आँखा अस्पतालको ४ करोड ४३ लाख र नेत्रज्योति संघ तर्फबाट १६ लाख १५ हजार बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
मङ्गलबार भएको बन्द सत्रले सचिबको वार्षिक प्रतिबेदन र कोषाध्यक्षबाट प्रस्तुत भएको प्रतिबेदन सुझाव सहित पास गरेको थियो। कार्यक्रम संघका सभापति बुद्धि प्रसाद शर्माको सभापतित्व, उपसभापति भिमसेन कार्कीको स्वागत र सचिब राजेन्द्र लिगलको संचालनमा सम्पन्न भएको थियो।













