पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् । आइतबार राती जंगलमा डढेलो निभाउंन जाँदै गरेको सवार जिप दुर्घटना हुँदा रैनादेवी छहरा–१ असारे बस्ने ३६ वर्षीय दीपेन्द्र बुढामगर, ३१ वर्षीय चेतनारायण वि.क. र २३ वर्षीय जनक रेगामी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
रैनादेवी छहरा–१ सिद्देश्वरको असारेस्थित सल्लेरी पाखापानी सामुदायिक वनमा लागेको डढेलो निभाउनका लागि असारे बाट ठुलापोखरी जादै गरोको लु १ ज २३७७ नम्बरको जिप अचानक ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । दुर्घटनामा पाँच जना घाइते भएका मध्ये तीनजनालाई अस्पतालमा ल्याई डाक्टरले चेकजाँच पश्चात मृत घोषणा गरेको र बाँकी दुई जानको उपचार भईरहेको मल्ले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको छ ।













