राष्ट्रिय न्युज माथागढी- माथागढी गाँउपालिकाको बन्न लागेको प्रशासकीय भवनको सिलान्यास भएको छ। माथागढी गाँउपालिका वडा नम्बर ४ झडेवामा बन्न लागेको उक्त भवनको पालिका अध्यक्ष यम चिदी उपाध्यक्ष् बिष्णु माया लुंचे प्रमुख प्रसासकिय अधिकृत राम प्रसाद घिमिरे जग्गादाताहरुले आईतबार सिलन्यास गर्नु भएको छ ।
धार्मिक प्रचलन अनुशार पुजापाठ संगै सिलान्यास गरिएको भवन निर्माणको लागि संघीय सरकारको करिव ६० प्रतिशत र स्थानीय सरकारको ४० प्रतिशत लगानीमा भवन निर्माण हुन लागेको हो । प्रशासकीय भवन निर्माणको लागि ६ करोड ७६ लाख ८५हजार रुपिया खर्च लाग्ने प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद घिमिरेले बताउनु भयो ।
पालिका भवन निर्माण गर्न करिब साढे ८ रोपनी जग्गा उपलब्ध गराउने डा सुर्य बहादुर जिसी गोबिन्द बहादुर जिसी, श्याम बहादुर जिसी. स्थानीय जिसी परिवारलाई पालिका अध्यक्ष यम चिदिले धन्यबाद दिनु भएको छ । प्रशासकीय भवन निर्माण संगै ३०० क्षमताको सभाहल समेत तयार हुने बताउदै पालिकाको सम्पूर्ण प्रशासकीय कार्य सम्पादनको लागि सहज हुने गाँउपालिका अध्यक्ष यम चिदीले बताउनु भयो । अहिले जसरी एकै क्याबिनबाट दुई तिन वटा साखाको कर्मचारीले सेवा प्रदान गर्दै आएका छन ।त्यो सबै समस्या अन्त्य हुने छ अध्यक्ष चिदीले भन्नु भयो । अघिल्लो कार्यकाल मै पालिकाको प्रसासकिय भवन निर्माण गर्ने निर्णय गरेको भए पनि बिबिध कारणले रोकिएको थियो तर अहिले जिसी परिवारले सजिलै जग्गा उपलब्ध गराएसंगै भवन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको जानकारी गराउदै निर्माण शुरु भएको पालिका अध्यक्ष चिदीले बताउनु भयो ।
माथागढी गाँउपालिकाको ८ वटै वडालाई केन्द्र पर्ने अनुमान गरि झडेवालाई पालिकाको केन्द्र छनोट गरिएको हो । उच्च भागमा रहेको बहादुरपुर, रहबास, हात्तिलुंग, गोठादीका जनतालाई पहुच हुने अनुमान गरि झडेवा केन्द्र बनाईएको बताउदै माथागढी गाँउपालिका उपाध्यक्ष बिष्णु माया लुंचेले तल्लो भाग चिदीपानी, रुप्से र कसेनीका आम जनतालाई पाई पर्ने भएर नै भवन निर्माण प्रक्रियालाई अघि बढाएको उहाँले थप्नु भयो ।
पहिला किसान माध्यामिक बिद्यालय नजिकै पालिकाको प्रशासकीय भवन बन्ने चर्चामा रहेको थियो ।जब हामी निर्वाचित भएर आए प्रश्चात भवन निर्माण शुरु गर्ने निर्णय गरेका थियौ, तर छनोट भएको जग्गामा बिबिध समस्या देखिएपछी हामी पुन उपयुक्त जग्गाको खोजीमा लाग्यौ, सोही अनुशार वडा नम्बर ४ झडेवा कै यो ठाँउमा जिसी परिवारले जग्गा दिएर ठुलो सहयोग पुर्याएको गाँउपालिकाका प्रबक्ता एबम वडा नम्बर ४ का अध्यक्ष शंकर दर्लामीले बताउनु भयो ।














