बासुदेव ढकाल
पाल्पा (रामपुर) रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन शुरु भएको छ । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष लुम्बिनी प्रदेश सभा सदस्य, एवम् अर्थ उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित साधारण सभा तथा अधिवेशनको प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्दै खानेपानीको कार्यसमिति चयन गर्दै गर्दा अघिल्ला कार्ययोजनाको समष्टिगत समिक्षासहित सबल सक्षम कृयाशिल नेतृत्व चयन गर्न जरुरी रहेको बताउनुभएको छ।
कुनै पनि संस्थामा जुगाँको लडाई होईन की सक्षम नेतृत्व आवश्यक रहेको बताउदै कुनै पनि संघस्थाबाट आम नागरिकलाई प्रदान गरिने सेवा प्रभावमा राजनिति गन्ध आउन नहुने मुख्यमन्त्री आचार्यले बताउनु भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका मुख्य सचिव बाबुराम अधिकारीले नेपाल सरकारको सचिव भएको कारणले खानेपानी संस्थामा प्रशासनिक संयन्त्रमा योगदान सहजीकरणमा आवश्यक समन्वयका लागि प्रतिबद्ध रहने बताउनुभयो । रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापाले विश्वमा एक मात्र शालिग्राम पाईने कालीगण्डकी नदि संस्कार र सभ्यताको आधार भएकोले यसको ड्राईभर्सन कार्य स्वीकार्य नहुने बताउदै यसले आन्तरिक सिँचाई प्रणालीमा बाधा पुग्ने बताउनुभयो ।
उक्त कार्यक्रममा संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले बार्षिक प्रतिवेदन, संस्थाका कोषध्यक्ष विष्णुमाया ढकालले ६ करोड ६३ लाख ७६ हजार ९ सय १९ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । रामपुर खानेपानी तथा सरसफाई संस्थामा आबद्ध उपभोक्ताको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा पाल्पा प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदी, पुर्व प्रदेश सभा सदस्य युवराज खनाल, नेपाली काँग्रेसका रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा माओवादी नगरउपाध्यक्ष लक्ष्मी ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि टेकहादुर क्षेत्री, राष्ट्रिय जनमोर्चा पार्टी रामपुर अध्यक्ष रामप्रसाद गैरे, नेकपा एकिकृत समाजवादी फण्डेश्वर गौतम, राप्रपाका नगरअध्यक्ष राजेन्द्र प्रसाद ढकाल लगायतले कार्यक्रममा शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष हिजलदिन मियाँको स्वागत मनत्ब्यबाट सुरु भएको कार्यक्रम शालिग्राम सिग्देलले सञ्चालन गर्नुभएको थियो । अधिवेशन को बन्द शत्रले रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डित संयोजक बालकृष्ण लम्साल र सूर्य प्रसाद घिमिरे सदस्य रहेको ३ सदसिय निर्वाचन मण्डल गठन गरि निर्वाचन प्रक्रिया अगाडि वढाउने निर्णय गरेकोछ।












