बैसाख १२
बासुदेव ढकाल ।
पाल्पा (रामपुर) लुम्विनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले राजनितिक अस्थिरतालाई अन्त्य गरि स्थायित्व दिनको लागि मुलकका दुई ठुला राजनितिक दल मिलेर सरकार चलाउनु पर्ने मुलुकको अहिलेको आवश्यकता रहेको बताउनु भएकोछ । तसर्थ एमाले काँग्रेस सहितको बर्तमान सरकार तत्काल नढ्ल्ने समेत मुख्य मन्त्री आचार्यले प्रष्ट पार्नु भएकोछ।
रामपुर दोस्रो साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको साधारण सभा तथा अधिबेशनको उद्घाटनका लागि पाल्पाको रामपुर आउनु भएका मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार स्थापना भएको ८ औं बर्षमा प्रवेश गर्दा प्रदेश सरकारले धेरै उपलब्धि मुलक काम गरेको, धेरै सुधारका काम गर्दै अघि बढेको र खर्च कटौटिमा लागेको जानकारी गराउनु भयो। मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले २२ सय किमी कालोपत्रे, १५ हजार किमी कच्चि सडक, ४ सय किमी ढलान सडक र २ सय ५० भन्दा वढी पक्की पुल निर्माण र १५ लाख बढिले शुद्ध खानेपानी सुविधा पाएको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले रामपुरमा गरेको भेटघाट कार्यक्रममा बोल्दै कालीगण्डकी डाइभर्शनको कुरा चलेपनि कार्यान्वनको चरणमा प्रवेश नगरेकोले लुम्विनी प्रदेश सरकारले यस विषयमा कुनै धारणा नवनाएको र कार्यान्वयन हुदाको दिन मात्रै प्रदेशको धारणा बन्ने बताउनु भएकोछ । नेपाल पत्रकार महासंघ पाल्पा शाखा उपाध्यक्ष बन्दना पोखरेलको अध्यक्षतामा होटल श्रीनगरमा भएको पत्रकार भेटघाट कार्यक्रममा मन्तव्यबाट स्वागत सहसचिव दान बहादुर हिस्कीले गर्नु भएको थियो। बासुदेव ढकालले धन्यवाद दिनु भएको कार्यक्रमको संचालन शाखा सहसचिव दुर्गेश मल्लले गर्नु भएको थियो ।
मुख्यमन्त्री को जिम्मेवारी पाएपछि पहिलो पटक रामपुर आउनु भएका आचार्यले आजै रामपुर दोस्रो साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्था रामपुर पाल्पाको तेस्रो साधारण सभा तथा अधिबेशनको उद्घाटन, रामपुरमा संचालित प्रदेश सरकारको गौरवको योजना, ग्रामीण शहरी विकास पूर्वाधार कार्यक्रमबाट संचालित योजना, रामपुर नगरपालिका, रामपुर अस्पताल र रामतुलसी माविको स्थलगत अनुगमन निरिक्षण गर्नुको साथै जनप्रतिनिधी तथा पाटी कार्यकर्तालाई भेटघाट गर्नु भएकोछ ।












