वैशाख ११ ।
काठमाडौँ, नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
विहिबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो। राष्ट्रपति पौडेलले बुधबार पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री नियुक्त गनुभएको हो।
राष्ट्रपति भवन शीतल निवास समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसाहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायत संवैधानिक अंगका प्रमुख, मन्त्रिपरिषद् सदस्य, कूटनीतिक निकायका प्रतिनिधि र उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो ।
निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिनुभएपछि पन्तलाई मन्त्रीको जिम्मेवारी दिइएको हो।












